अन्य सामाग्री

कार्यक्रम गतिविधि पात्रो

Mon Tue Wed Thu Fri Sat Sun
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31

हाम्रो बारेमा

जिल्लाको समग्र वन क्षेत्रको संरक्षण, सम्बर्धन तथा बिकास गर्दै सतत् रुपले वन पैदावारको उत्पादन र आपूर्ति गराई दिगो वन ब्यबस्थापन तर्फ उन्मूख हुनु तथा बन ब्यबस्थापनका माध्यमबाट बिपन्न, महिला, दलित, आदिबासी जनजाति लगायतका समुदायलाई वनजन्य आयमूलक कार्यक्रममा संलग्न गराई रोजगार र आर्थिकस्तर बृद्धि गरी गरिबी न्यूनिकरणमा टेवा पुर्याउन डिभिजन वन कार्यालय, सर्लाहीले विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यस डिभिजन वन कार्यालयका प्रमुख उद्देश्य र कार्यक्रमहरु निम्नानुसार रहेका छन्:
(क) जिल्लाको समग्र वन क्षेत्रको संरक्षण, विकास र सदुपयोग सम्वन्धी ऐन, नियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्ने ।
(ख) वन विकास सम्वन्धी जिल्लास्तरीय योजना तर्जुमा एवं कार्यान्वयन गर्ने ।
(ग) निजी वन र कृषि वन वाली विकास एवं व्यवस्थापन गर्न सरोकारवालालाई आवश्यक प्राविधिक सुझाव सल्लाह दिने ।
(घ) सर्वसाधारणका लागि वन संपदा सम्वन्धमा जानकारी उपलव्ध गराउने ।
(ङ) प्रचलित नीति एवं कानून वमोजिम जनसहभागिताद्धारा जिल्लाको वनको दिगो व्यवस्थापन गर्ने ।
(च) जैविक विविधता एवं वातावरण संरक्षण गर्ने ।
(छ) वनको संरक्षण, विकास र सदुपयोगद्धारा काष्ठ एवं गैरकाष्ठ वनपैदावारको आपूर्ति गरी स्थानीय तथा राष्ट्रिय आर्थिक विकासमा सहयोग गर्ने ।
(ज) जिल्लास्तरीय सरकारी र गैर सरकारी संघ संस्था तथा स्थानीय निकायसंग समन्वय गरी वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने ।
(झ) वन संरक्षण, विकास र सदुपयोग कार्यद्धारा रोजगारीका अवसर उपलव्ध गराउने ।